PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

मनिषा कोइराला वागमती सफाइ महाअभियान दूतमा मनोनित



रासस

मनिषा कोइराला वागमती सफाइ महाअभियान दूतमा मनोनित

काठमाडौंः वागमती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनित भएकी छन्।

सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको बिहीबार बसेको बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले जानकारी दिए।

कोइराला असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ । 

नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए। आगामी शनिबारको सफाइ थापाथली पुलमा गरिने भएको छ। 

विसं २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वागमती सफाइ हुँदै आएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell