PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

मनाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, १० जना घाइते



रासस

बेंसीशहर (लमजुङ) : यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको ग १ ज ६६०२ नंको जिप नेस्याङ गाउँपालिका–१ पिसाङ नजिकै दुर्घटना भएको हो।  दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। 

घाइते सबैलाई उपचारका निम्ति सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको प्रनाउ गुरुङले जानकारी दिए। घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किमी उत्तरतर्फ पर्छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell