PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

२ नम्बरमा चुनाव सरेपछि उपेन्द्र यादव : कांग्रेस-माओवादीको षड्यन्त्रमा मधेश घेराबन्दीमा



पहिलोपोस्ट

२ नम्बरमा चुनाव सरेपछि उपेन्द्र यादव : कांग्रेस-माओवादीको षड्यन्त्रमा मधेश घेराबन्दीमा
फाइल फोटो

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको यादवले टिप्पणी गरेका छन्। 

गृहनगर विराटनगर आफ्नै निवासमा बिहीवार संचारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,  ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस्। अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन्।’ 

तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेशको लागि घातक भएको भन्दै अध्यक्ष यादवले आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेशको अस्तित्व माथि ठाडो प्रहार भएको टिप्पणी गरे। 

‘मेचीदेखि महाकालीसम्म बीस जिल्लाको तराई मधेशलाई आठ जिल्ला सीमित पार्ने षड्यन्त्र भएको छ। आठ जिल्लाको भूभाग मात्रै मधेश हो भनेर मान्यता उनीहरुले स्थापित गर्न खोजिएको छ,’ यादवले भने।

दिशा र गन्तव्य बिर्सेर अनिर्णीयको बन्दी बनेको टिप्पणी गर्दै अध्यक्ष यादवले राजपाले आन्दोलनको नाममा मधेशमा अराजकता मच्चाउने कार्य गरेकोले आठ जिल्लालाई छुट्टयाएर तीन चरणमा चुनाव गर्ने कांग्रेस माओवादीको योजना सफल भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell