PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

पूर्वयुवराज्ञी हिमानीले गरिन् ताल बाराही मन्दिरमा पूजाअर्चना



पहिलोपोस्ट

पूर्वयुवराज्ञी हिमानीले गरिन् ताल बाराही मन्दिरमा पूजाअर्चना

पोखराः एकसातादेखि निजी तथा धार्मिक भ्रमणका शिलशिलामा पोखरामा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले बिहीबार पोखराको प्रसिद्ध तालबाराही मन्दिरमा पुजाआजा गरेकी छन्। 

पुजा गर्न तालबाराही मन्दिरमा पुगेकी हिमानीले छोरा हृदयन्द्रलाई भने लगेकी थिइनन्। उनलाई स्वागत गर्न राप्रपाका कार्यकताहरु फेवाताल किनारमा पुगेका थिए।

एकसाता अघि कुल देवताको दर्शनलगायत निजी भेटघाट र घुमघाममा रहेकी हिमानीले छोरा हृदयन्द्रसहित मुस्ताङको मुक्तिनाथ मन्दिर, स्याङ्जाको आलमदेवी मन्दिर तथा तनहुँ, म्याग्दीलगायतका जिल्लाका देवीदेवताका मठमन्दिरमा पुजा अर्चना गरेकी छन्।

मंगलवार हिमानीले स्याङ्जामा ठकुरी समाजले निर्माण गर्न लागेको भवनको सिलान्यास गरेकी थिइन् भने बुधवार उनलाई नेपाल ठकुरी संगम परिवार कास्कीले अभिनन्दन गरेको थियो ।

निजी सवारीका साथ पोखरा आएकी हिमानी बिहीबार काठमाडौ फर्किएकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell