PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

खाडी संकटकै बीच अमेरिका र कतारबीच १२ अर्ब डलरको सैन्य डिल



पहिलोपोस्ट

खाडी संकटकै बीच अमेरिका र कतारबीच १२ अर्ब डलरको सैन्य डिल
फाइल फोटो : रोयटर्स

संयुक्त राज्य अमेरिका र कतारले १२ अर्ब डलर बराबरको १५ सैन्य जहाजको डिल गरेका छन्। अमेरिकासँग एफ १५ फाइटर जेटहरु किन्नका लागि कतारले गरेको सम्झौता जारी गल्फ संकटका बीच महत्वका साथ हेरिएको छ।

वासिङट्न डिसीमा कतारका रक्षा मन्त्री खालिद अल अत्तिया र उनका अमेरिकी समकक्षी जिम म्याटिसले हस्ताक्षर गरेसँगै एयरक्राफ्त खरिद प्रक्रिया पूरा भएको कतारी न्युज एजेन्सीलाई उदृत गर्दै अलजजिराले जनाएको छ। 

अमेरिकी सरकार र कतारबीचको दीर्घकालीन रणनीतिअनुसार खरिद सम्झौता भएको अत्तियाले बताए। उनले अतिवादी विरुद्ध र खाडी क्षेत्रको शान्ति कायम राख्न दुई देशबीचको सैनिक सहकार्यका रुपमा यो डिललाई व्याख्या गरे।

'यो डिल हाम्रो सैन्य रणनीतिक र सहकार्यको क्षेत्रमा एउटा कोशेढुङ्गा हो। अमेरिकासँगको हाम्रो संयुक्त सैन्य गतिविधिहरु जारी रहने छ,' उनले भने।

कतारको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै यो डिलले सैन्य क्षमता वृद्धि र दुई देशबीच सुरक्षामा सहकार्यलाई थप अगाडि बढाएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग १ सय १० अर्बको हतियार खरिद/बिक्री सम्झौता गरेलगत्तै केही साता नवित्दै कतारसँग यस्तो डिल भएको हो।

सम्झौताले साउदी अरेबियाको नेतृत्वमा सुरु भएको कतारविरुद्धको नाकाबन्दी नयाँ मोडमा पुर्‍याउने अपेक्षा गरिएको छ। 

यसै महिनाको सुरुमा नै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनले कतारसँगको सम्बन्ध तोडेका थिए। उनीहरुले इरानसँग कतारको सम्बन्धमाथि  प्रश्न उठाउँदै आतंकवादीलाई सघाइरहेको आरोप लगाएका थिए। 

खाडीमा उत्पन्न कुटनीतिक संकट समाधान गर्न अमेरिकाले मध्यस्तकर्ताको भूमिका खोजिरहेको छ। मंगलबारमात्रै अमेरिकाको स्टेट डिपार्टमेन्टले संकटको अहिलेको अवस्थामा कुटनीतिक पहल सकारात्मक दिशातिर गइरहेको जनाएको थियो।  

अमेरिकी जल सेना कतार पुग्यो

कतारसँग सैन्य अभ्यासका लागि दुई अमेरिकी जलसैन्य समूह बुधबार नै दोहा पुगेको छ। अमेरिकी सैन्य जहाज दोहाको उत्तरमा रहेको हामद तटमा आइपुगेको हो। कतार इमिरी नेभीसँग अमेरिकी नेभीको टिमले संयुक्त अभ्यास गर्ने कतार न्युज एजेन्सीले जनाएको छ। गल्फमा तनाव हुनुअघि नै सैन्य अभ्यासको तयारी थियो या त्यसपछि तय भएको भन्ने चाहि खुलेको छैन। कतारमा अमेरिकी सैन्य आधार छ जहाँ ११ हजार अमेरिकी सैनिक रहन्छन् भने सय भन्दा धेरै एअरक्राफ्ट यही आधारबाट सञ्चालन हुने गर्छ।  
(अलजजिरामा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell