PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

राप्रपाले भन्यो–निर्वाचन सार्ने सरकारको निर्णय आयोगको स्वतन्त्रतामाथिको हस्तक्षेप



रासस

राप्रपाले भन्यो–निर्वाचन सार्ने सरकारको निर्णय आयोगको स्वतन्त्रतामाथिको हस्तक्षेप

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले प्रदेश नं २ को स्थानीय तह  निर्वाचन आगामी असोज २ गते तोक्ने भनी गरेको निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाएको छ। 

पार्टीले सरकारले गरेको सो निर्णय ‘अपरिपक्व र अदूरदर्शी रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जाने’ जनाउँदै त्यो निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित मिति असार १४ मा निर्वाचन गराउन आग्रह गरेको छ। 

सरकारले मुलुकमा दूरगामी असर पार्ने निर्णय गर्नुपूर्व सबै दलबीच परामर्श तथा छलफल गरी साझा समझदारी कायम गर्नुपर्ने पार्टीका प्रवक्ता भुवन पाठकले बताए। सत्तारुढ दल तथा राष्ट्रिय जनता पार्टीबीच बिहीबार भएको छलफलपछि प्रदेश नं २ को चुनाव तेस्रो चरणमा गर्ने निर्णय गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell