PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

संघीय समाजवादी फोरमले पाँचथरमा उम्मेदवार टुंगो लगायो



पहिलोपोस्ट

संघीय समाजवादी फोरमले पाँचथरमा उम्मेदवार टुंगो लगायो

पाँचथर: सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ।

पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याइएको जानकारी दिइएको हो। जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ।

यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार बनाएको छ।

यसैगरी, हिलिहाङ गापाको अध्यक्ष पदमा सुरेन्द्रप्रसाद सुहाङ, उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेदवार बनाएको छ। यस्तै, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा रामकुमार तुम्याङ नेम्बाङ, उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे, कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ, मिक्लाजुङको अध्यक्षमा सन्देश राईलाई उम्मेदवार बनाएको छ।

यस्तै, तुम्बेवामा भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन नसकिएको पार्टीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले बताए।

उम्मेदवारको घोषणापछि बोल्दै पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङवाले अहिलेको सङ्घीय संरचनाप्रति आफ्नो पार्टीको विमति रहेता पनि आफ्नो पार्टी संवैधानिक पार्टी भएकाले जनतामा जानुपरेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell