
वुचारेष्ट: रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजीनामा दिन सल्लाह दिए पनि उनले राजीनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने दलले निर्णय लिएको हो।
दलको कार्यकारी समितिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उनलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पारित गरेको छ।
ग्रिन्डिनु र दलका प्रमुख केन्द्रीय नेताबीच प्रधानमन्त्रीबाट हट्न गरिएको आह्वानका विषयमा विवाद चुलिएको थियो।
प्रधानमन्त्रीले आफूलाई हटाउन अति नै कडा उपाय अवलम्वन गरेपनि पदबाट नहट्ने बताएपछि उनलाई अविश्वासको मतद्वारा हटाउने निर्णय लिइएको हो। पछिल्लो समय सरकारका गतिविधिलाई सुधार गरी अघिबढ्नुपर्ने विषयमा प्रधानमन्त्रीको दल र सरकारवीच समस्या देखिदै आएको थियो। रासस/सिन्ह्वा