PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

श्रीमान् जेलमा, श्रीमतीको रहस्यमय मृत्यु



पहिलोपोस्ट

श्रीमान् जेलमा, श्रीमतीको रहस्यमय मृत्यु

फलेवास: जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ। पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन्।

बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ।

मृतक दर्जीका श्रीमान् झारफुक गर्ने बहानामा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा गत वैशाख १४ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए।

आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आसयको निवेदन पेस गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला कारागारका जेलर प्रकाश पौडेलले जानकारी दिए।

घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell