PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

फ्राइडे रिलिज: हल्लै नगरी 'किडन्याप' प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज: हल्लै नगरी 'किडन्याप' प्रदर्शनमा

काठमाडौं: यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म 'तारेभीर' र 'किडन्याप' एकसाथ प्रदर्शनमा ल्याइएको हो।

बास्तविक कथामा आधारित नारीप्रधान फिल्म हो तारेभीर। देउकृष्ण देवानको निर्माणमा बनेको फिल्म एक्शन जानराको हो। फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, दीपेश श्रेष्ठ, रञ्जित राना लगायतको अभिनय रहेको छ।

प्रेम सुब्बाको कथा तथा निर्देशनमा बनेको फिल्म देशभरका ४५ हलमा प्रदर्शनमा आएको हो। फिल्मले सिंगल स्क्रिनमा शो पाएको छ।

त्यस्तै सिंगल स्क्रिनकै लागि रिलिज फिल्म हो 'किडन्याप'। निर्माता तथा निर्देशक फूर्पु शेर्पाको फिल्मले अपहरणमा परेको बच्चाको कथा बोल्छ।

पोखरामा छायांकन गरेको भनिएको फिल्म फ्लोरमा निस्किएको दुई वर्षपछि मात्र प्रदर्शनमा आएको हो। फिल्ममा भिम गुरुङ, सुरेश शिल्पकार, सुवास राई, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ।

बलिउडतर्फ भने नेपालका लागि 'बैंक चोर' फ्राइडे रिलिज भएको छ। काठमाडौंका मल्टिप्लेकसहरुमा फिल्मले शो पाएको छ। बम्पि निर्देशित फिल्मलाई आशीष पाटिलले निर्माण गरेका हुन्। कमेडी जानराको फिल्ममा रेतेश देशमुख, विवेक ओबरोय, रिया चक्रवर्ती, भुवन अरोरा आदिको मुख्य भूमिका रहेको छ।

हलिउड फिल्म 'कार्स थ्री'को नेपाल प्रदर्शन पनि यसै साताबाट सुरु भयो। ब्रायन फि निर्देशित एनिमेटेड कमेडी फिल्मले पनि मल्टिप्लेक्समा शो पाएको छ। केभिल रेहेरको निर्माण रहेको फिल्ममा ओवेन विलसन, क्रिस्टेला अलोनजो, क्रिस कुपर, आर्मी ह्यामर लगायतको अभिनय छ।

पहिले नै प्रदर्शनमा आएको नेपाली फिल्म 'लालटिन', बलिउड फिल्म 'राबता', 'बाहुबली २' र हलिउड 'बे वाच', 'वन्डर विमन'ले अझै शो पाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell