PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

फिल्म ‘द मंगोलियन हार्ट'को च्यारेटी प्रदर्शन



पहिलोपोस्ट

फिल्म ‘द मंगोलियन हार्ट'को च्यारेटी प्रदर्शन

काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द मंगोलियन हार्टको च्यारेटी प्रदर्शन भयो। सिटीम्याक्स फिल्म हलमा गरिएको शोबाट संकलित रकम सामाजिक कार्यमा खर्चिने बताइएको छ।

एलआर लामा निर्देशित फिल्मले अन्तरजातीय प्रेमकथाको विषय उठान गर्छ।

एक्सन र रोमानटिक जानराको द मंगोलिनय हार्टमा रोसनी ब्लोन, आरएल लामा, प्रतीक्षा खड्का, धिरन शाक्य, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायत कलाकारको अभिनय रहेको छ।

आरएल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा एलआर लामाको कथा, लेखन तथा निर्देशन रहेको फिल्मलाई देबिका खड्का र माया लामाले निर्माण गरेका हुन्। फिल्ममा अमृत र रिमेशको संगीत, शंकर महर्जनको द्धन्द्ध र रामेश्वर हुमागाईंको छायाँकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell