मोरङः मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
ती मध्ये ८१ मतदानस्थल सामान्य र ६५ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन्। मोरङमा ३०० मतदानस्थल छन् ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो।
पौडेलका अनुसार सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र छन्। मोरङमा ५ लाख १४ हजार ६१८ मतदाता छन् भने कुल ६५९ मतदान केन्द्र एवम् ३०० मतदानस्थल कायम गरिएको छ। रासस