काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइइ पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आउँदो साउन १९ गते बिहीबारदेखि साउन २६ गतेसम्म परीक्षा संचालन हुने नियन्त्रक अम्विका रेग्मीले जानकारी दिए।
परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। सैद्धान्तिक विषयतर्फ सी, डी'प्लस, डी र ई ग्रेड प्राप्त गर्नेले पूरक परीक्षा दिनुपर्नेछ।
यस्तै मुल परीक्षामा २ बिषयसम्म अनुपस्थित भएको वा २ बिषयसम्म ग्रेड नखुलेका बिषयमा पनि परिक्षार्थीले पुरक ग्रेडबृद्धि परिक्षा दिन पाउँछन्।
सार्वजनिक एसइइ नतिजामा परीक्षार्थीलाई चित नबुझै पुनर्योग गर्न पाउने ब्यवस्था छ। यसका लागि प्रति बिषय पाँच सय रुपैयाँ र आवश्यक कागजातसहित परीक्षा नियन्त्रण कार्यालयमा वा क्षेत्रीय शिक्षा निर्देशनालयमा नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिनेसक्ने व्यवस्था मिलाइएको छ।
कार्यतालिका