PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

एसएलसी जस्तो रहेन उल्लास, फोटोमा हेर्नुस् एसइइ नतिजा सार्वजनिक

एसएलसी जस्तो रहेन उल्लास, फोटोमा हेर्नुस् एसइइ नतिजा सार्वजनिक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। दिउँसो र साँझ पारेर प्रकाशित हुने परीक्षाफल यो पटक विहानै प्रकाशित भयो। 

नयाँ शिक्षा ऐनको प्रावधान अनुसार यो वर्षदेखि विद्यालय तहको परीक्षा एसएलसी एसइइ भयो। कक्षा १२ सम्म औपचारिक रुपमा विद्यालय तह भएपछि फेरिएको एसइइको रौनक कम भयो। परीक्षामा मात्र हैन नतिजा सार्वजनिकमा पनि विद्यार्थी स्वयंमको चासो निकै कम देखियो।

प्रविधिका कारण नतिजा हेर्न र पढ्न परीक्षा नियन्त्रण कार्यालय पुग्नुपर्ने अवस्था पनि अन्त्य भएको छ। औलामा गन्न सकिने विद्यार्थीमात्र नतिजाको जानकारी लिन सानोठिमी पुगेका थिए। 
 


ट्रेन्डिङ पोस्ट

Ncell