PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

केन्द्रीय पदाधिकारीलाई निर्वाचन क्षेत्रमा परिचालित हुन राप्रपाको निर्देशन



रासस

केन्द्रीय पदाधिकारीलाई निर्वाचन क्षेत्रमा परिचालित हुन राप्रपाको निर्देशन

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ। 

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। 

पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पुर्याएर पार्टीकातर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको पक्षमा मतदानका लागि आग्रह गर्नेछन्। 

श्रेष्ठका अनुसार असार ११ गतेसम्म स्थानीय तहमा हुने सभा सम्मेलनमा शीर्ष नेतृत्वको सहभागिता भई चुनाव प्रचारप्रसारका गतिविधि गरिने छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell