PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

एआइआइबीको दोस्रो वार्षिक बैठक दक्षिण कोरियामा सुरु



रासस

एआइआइबीको दोस्रो वार्षिक बैठक दक्षिण कोरियामा सुरु
फोटो श्रोतःdeccanchronicle.com

दक्षिण कोरियाः चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो वार्षिक बैठक दक्षिण कोरियाको दक्षिणी भूमागमा रहेको एक रिसोर्टमा सुरु भएको छ। 

उक्त बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक पहिलो पटक दक्षिण कोरियाले आयोजना गरेको हो। शुक्रबार बिहान सुरु भएको बैठकको उद्घाटन दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गरेका छन्। 

बैठकको उद्घाटन सत्रलाई सम्बोधनगर्दै राष्ट्रपति इनले आफूले बेइजिङ्बाहिर पहिलो पटक बैंकको बैठक आयोजना गर्न पाएकोमा खुसी लागेको बताए। 

एआइआइबीको यस बैठक अत्यन्तै अर्थपूर्ण रहेको भन्दै उनले एसियामा आर्थिक क्षेत्र र पूर्वाधारको विकासमा यस बेठकले निकै ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको पनि बताए। 

बैंकको पहिलो वार्षिक बैठक चीनको राजधानी बेइजिङ्मा गतबर्ष भएको थियो। बैंकको औपचारिक स्थापना सन् २०१६ मा मात्र भएको हो। 

बहुराष्ट्रिय विकास बैंकका रुपमा विकास गर्ने योजना बनाइएको बैंकले एसियाली राष्ट्रहरुमा पूर्वाधारको विकासका लागि आर्थिक सहायता र ऋण दिने विधानको व्यवस्था गरेको छ। 

बैठकमा बैंकका सदस्य राष्ट्रहरुका करिब दुई हजार सरकारी अधिकारी, पत्रकार, बैंकका प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहेको छ। 

बैठकको मुख्य विषयबस्तु दिगो पूर्वाधार निर्माणजस्ता विषयमा केन्द्रीत हुनेछ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell