PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

राजकिशोरको आरोपः निर्वाचन सार्ने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र



रासस

राजकिशोरको आरोपः निर्वाचन सार्ने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र

जनकपुरधामः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। 

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा यादवले निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति नभएको बताए।

यादवले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताए। उनले सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने बताए।

सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटक÷पटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै यादवले आन्दोलनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन पार्टीको आजको बैठकबाट निर्णय गरिने जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell