
काठमाडौं : यसवर्षको एसइइ परीक्षामा कुल २ लाख २१ हजार ६ सय ८२ छात्र सहभागी थिए भने २ लाख २३ हजार ८ सय ८२ छात्रा। जुन छात्राको सहभागिता छात्रको तुलनामा २२ सयले बढी हो। तर, उत्कृष्ट जिपिए प्राप्त गर्नेमा छात्रको सङ्ख्या नै बढी छ।
यसपटको ३ दशमलव ६५ देखि ४ जिपिए प्राप्त गर्ने छात्रको सङ्ख्या सात हजार ३४ रहेको छ भने छात्रा पाँच हजार २ सय ५० रहेका छन्। ३ दशमलव २५ देखि ३ दशमलव ६ जिपीएमा पनि छात्राको सङ्ख्या ७ हजार ३ सय ९५ ले कमी रहेको छ। ३ दशमलव २५ देखि ३ दशमलव ६ जिपीए प्राप्त गर्ने सङख्या २४ हजार ९ सय ११ छ भने छात्राको १७ हजार ५ सय १६ रहेको छ।
२ दशमलव ८५ देखि ३ दशमलव २ जिपीए प्राप्त गर्ने समूहमा पनि छात्राको सङख्या ८ हजार २ सय ९८ कमी रहेको छ। जिपिए समूह २ दशमलव ४५ देखि २ दशमलव प्राप्त गर्ने छात्रको सङख्या ३३ हजार ६ सय ९९ सय छ भने छात्रा भने २८ हजार २ सय ५६ मात्र रहेको छ। जिपिए २ भन्दा ग्रेड समुहमा छात्राको सङख्या बढ्दै गएको छ। यसरी हेर्दा छात्राको परीक्षामा सहभागिता बढे पनि नतिजा भने उत्कृष्ट नभएको देखिन्छ।