काठमाडौंः एसइइको नतिजामा सबैभन्दा उत्कृष्ट ३ नम्बर प्रदेशका विद्यार्थी देखिएका छन् भने सबैभन्दा कमजोर विद्यार्थी प्रदेश नम्बर ६ मा देखिएका छन्।
प्रदेश नम्बर ३ बाट परीक्षामा सहभागी हुने कुल १ लाख ५ हजार १८ जना विद्यार्थी मध्ये ६.४ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।
त्यस्तै सबैभन्दा कमजोर प्रदेशको रुपमा देखिएको ६ नम्बर प्रदेशमा ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गर्ने ०.२७ प्रतिशत विद्यार्थी रहेका छन् जहाँ कुल ३३ हजार १सय ९४ विद्यार्थी एसइइमा सहभागी भएका थिए।
प्रदेश नम्बर १ बाट एसइइमा सहभागी भएका कुल ७४ हजार ७सय ७७ मध्ये १.६७ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।
त्यस्तै, २ नम्बर प्रदेश १ भन्दा थोरै कमजोर देखिएको छ। जहाँ कुल ६२हजार ४सय ७८ विद्यार्थीले एसइइमा सहभागी भएका मध्ये १.२३ प्रतिशतले उत्कृष्ट ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।
४ नम्बर प्रदेश १ र २ नम्बर प्रदेश भन्दा आगाडि देखिएको छ, जहाँका कुल ४७८३७ जना विद्यार्थीले एसइइ दिएको मध्ये ३.२९ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।
त्यस्तै, ५ नम्बर प्रदेश १ र २ नम्बर प्रदेशभन्दा उत्कृष्ट र ४ नम्बर प्रदेश भन्दा कमजोर देखिएको छ। जहाँका कुल ७२हजार ९सय ३२ विद्यार्थी मध्ये १.७६ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।
७ नम्बर प्रदेश ६ नम्बर प्रदेश भन्द उत्कृष्ट देखिएको छ। जो अन्तिम दोस्रो हो। जुन प्रदेशमा कुल ४९हजार ३सय २८ विद्यार्थी मध्ये ०.६८ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४.०० सम्म जिपिए प्राप्त गरेका छन्।