PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

वीरगञ्जमा बन्दको अवज्ञा गर्दै पसलहरु खोलिए, चहलपहल बढयो



पहिलोपोस्ट

वीरगञ्जमा बन्दको अवज्ञा गर्दै पसलहरु खोलिए, चहलपहल बढयो

वीरगञ्जः राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको चार दिने बन्दको चौथो दिन वीरगञ्जमा बन्दको अवज्ञा गरिएको छ। 

वीरगञ्जका व्यापारीले बन्दको अवज्ञा गर्दै बजार पसल खुलाएका हुन्। वीरगञ्जको आदर्शनगर, माइस्थान, घण्टाघर लिंकरोडलगायतका बजार माध्यान्हदेखि खुलेका छन्।

त्यसैगरी, वीरगञ्जबाट लामो तथा छोटो दुरीका सवारी साधन पनि चल्न थालेका छन्। राजपाका नेताहरुले भने बन्द फिर्ता नलिएको तर अन्तिम दिन बन्द अलि खुकुलो पारेको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell