PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

६ वर्षपछिको निर्देशकिय कमब्याक, बन्ने भयो शोभित बस्नेतको 'बाबु कान्छा'



पहिलोपोस्ट

६ वर्षपछिको निर्देशकिय कमब्याक, बन्ने भयो शोभित बस्नेतको 'बाबु कान्छा'

काठमाडौं: निर्देशक शोभित बस्नेतले आफ्नो कमब्याक प्रोजेक्टको औपचारिक घोषणा गरेका छन्। छ वर्षपछि उनले फिल्म 'बाबु कान्छा' बनाउने बताएका हुन्। यसअघि फिल्म बन्ने खबर सार्वजनिक भएपनि अफिसियल घोषणा भने भएको थिएन।

सलोन सलिना फिल्मसको ब्यानरमा बन्ने फिल्मको लागि संगीतकार टंक बुढाथोकीको संगीत र कमल खत्रीको स्वरमा ‘छाई सक्योउ आँखामा’ बोलको गीत तयार भइसकेको छ। फिल्मको मुख्य कलाकार निर्देशक बस्नेतकै छोरा सलोन बस्नेत रहनेछन् भने अन्य कलाकारमा करिष्मा श्रेष्ठ, रितिक शाही,निर शाह, सरोज खनाल, अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन लगायत रहनेछन्।

नेपाल र दुबैइमा छायाँकन हुने भनिएको फिल्मको लागत ८० लाख सम्म हुन सक्ने अनुमान फिल्म युनिटको छ। युनिट सुटिङका लागि शुक्रबारबाट फ्लोरमा निस्किएको छ। फिल्मलाई बाबु श्रेष्ठले खिच्ने छन् भने टंक बुढाथोकी र अल्मोदा राणा उप्रेतीको संगीत रहनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell