PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

'मल्टिप्लेक्समा हाम्रो फिल्म लगाउन नमिल्ने टेक्नोलोजी म बुझ्दिन'- निखिल उप्रेती



पहिलोपोस्ट

'मल्टिप्लेक्समा हाम्रो फिल्म लगाउन नमिल्ने टेक्नोलोजी म बुझ्दिन'- निखिल उप्रेती

काठमाडौं: निखिल उप्रेतीले आफ्नो फिल्म मल्टिप्लेक्समा प्रदर्शन नगराउनेहरुलाई व्यङ्ग्य गरेका छन्। सिङ्गल स्क्रिनका दर्शकले रुचाएका अभिनेता हुन् उनी। तर उनी आशावादी बनेका आफ्नै फिल्महरुलाई मल्टिप्लेक्सले शो नदिनुमा भने चित्त बुझाएका छैनन्। भने,'केही प्राविधिक कारणले गर्दा हामीले बनाएको फिल्म मल्टिप्लेक्समा देखाउन नमिल्ने हो भने म त्यस्तो टेक्नोलोजी बुझ्दिन।'



प्रदर्शनको तयारीमा रहेको फिल्म 'रुद्र'को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो धारणा व्यक्त गरेका हुन्। शुक्रबार आयोजित कार्यक्रममा उनले एउटै मितिमा फिल्म सार्वजनिक हुनुलाई पनि सकारात्मक रुपमा लिनु पर्ने बताए। भने,'३६५ दिन भित्र रिलिज जुध्ने गरी फिल्म निर्माण हुनु भनेको फिल्मको बिकास हो। र धेरै फिल्म निर्माण भएपछि रिलिज डेट जुध्नु स्वभाविक हो।' उनले फिल्मको प्रदर्शन जुधे पनि फिल्म निर्माताहरुले साढें जुधाई गर्न नहुने बताए।



रामजी लामिछानेको निर्देशन रहेको फिल्ममा निखिल उप्रेती, विश्व शर्माको र सारा शिर्पालीको मुख्य अभिनय रहेको छ। रुद्रलाई कल्पना कुमारी कटुवाल, भक्त प्रसाद शर्माले निर्माण गरेका हुन्। साउन १३ गतेबाट प्रदर्शनमा आउने ‘रुद्र’ र 'प्रेमगीत २'को पनि प्रदर्शन जुधेको छ। फिल्ममा सारा र विश्व बिचको प्रेममा नीखिल उप्रेतीको एक्शन भिलेन बन्ने कथा रहेको ट्रेलरले संज्ञा दिन्छ।

हेर्नुस् ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell