PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नझुक्किनुस् एसइइको नतिजा ग्रेडमा होइन जिपिएमा मात्रै



पहिलोपोस्ट

नझुक्किनुस् एसइइको नतिजा ग्रेडमा होइन जिपिएमा मात्रै

काठमाडौं : गत चैतमा परीक्षा नियन्त्रण कार्यलयले लिएको एसइइ नतिजा शुक्रवार विहान सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यलयले यसपटक परीक्षाको नतिजा समग्रमा भने स्तरीकृत अंक (जिपिए)मा सार्वजनिक गरेको हो। गत वर्ष समग्रमा ग्रेडमा समेत नतिजा सार्वजनिक गरेको थियो। 

यसपटक परिक्षार्थीले समग्रमा ए प्लस, ए, बी, बी प्लस लगायतका ग्रेड नपाउने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए। उनले भने, 'यसपटकबाट हामीले समग्र नतिजाबाट ग्रेड प्रणाली हटाएका हौं।' 

समग्र नतिजामा ग्रेड प्रणाली हटाएर जिपीए बनाए पनि सबै विषयमा भने ग्रेड प्रणाली लागू गरिएको छ। विषयमा भने अधिकतम ४ देखि न्युनतम जिरो दशमलव आठसम्म नौ वटा ग्रेड बनाइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell