PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारबाट



पहिलोपोस्ट

प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारबाट

काठमाडौं : आइ डब्लु एफ एन कराते डो संघको आयोजनामा यही असार ३ र ४ गते काठमाडौंमा प्रथम आइ डब्लु एफ एन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप हुने भएको छ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो।

खेलहरु त्रिपुरेश्वरस्थि राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ। च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १२ र महिलातर्फ १० तथा काता तर्फ एक एक इभेन्ट समावेश छ। यस्तै टिम फाइटमा ५ जनाको समूहले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै च्याम्पियसिपका लागि नेपालबाट २ सय र अन्य देशबाट २ सय गरी कूल ४ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अन्य देशबाट पनि खेलाडीलाहरुलाई बोलाए पनि प्राविधिक कारण देखाउँदै श्रीलंका र नर्वेबाट खेलाडी नआएको आइडब्लुएफएनको उपाध्यक्ष उपेन्द्र कुमार शाहीले बताए।

च्याम्पियनसिपका लागि करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell