PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सङ्घीय समाजवादीद्वारा विर्तामोडमा उम्मेदवारी घोषणा



रासस

सङ्घीय समाजवादीद्वारा विर्तामोडमा उम्मेदवारी घोषणा

झापाः सङ्घीय समाजवादी फोरम नेपालले विर्तामोड नगरपालिकाका मेयरसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ। 

विर्तामोडमा पत्रकार सम्मेलन गरी फोरमले नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्नेलगायतका ११ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो। 

पार्टीले विर्तामोड नगरपालिकाको मेयरमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको छ। 

त्यसैगरी, विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं– १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं। १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell