PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कन्फेडेरेसन कप फुटबल भोलीबाट, कसले जित्दा उपाधि?



पहिलोपोस्ट

कन्फेडेरेसन कप फुटबल भोलीबाट, कसले जित्दा उपाधि?

विश्वकप सुरु हुनु एक वर्ष अघि आयोजना हुने फिफा कन्फेडेरेसन कप फुटबल भोलीबाट रसियामा सुरु हुँदैछ। विश्वकप आयोजक राष्ट्रले नै त्यसको तयारीस्वरुप कन्फेडेरेसन कप आयोजना गर्दै आइरहेको छ।

कन्फेडेरेसन कप प्रत्येक महादेशको महादेशिय च्याम्पियन टोलीहरुले खेल्ने प्रतियोगिता हो। यसपटक आयोजक रसियासहित कूल ८ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

जसमा एक मात्र पूर्व विजेता रसिया जाँदैछ। उत्तर तथा मध्य अमेरिकी च्याम्पियन मेक्सिको।

सर्वाधिक ४ पटकको च्याम्पियन ब्राजिल भने यस प्रतियोगितामा सहभागि छैन। ब्राजिलले पछिल्लो तीन संस्करण लगातार जित्दै कन्फेडेरेसन कपको उपाधिमा ह्याट्रिक गरेको थियो।

दक्षिण अमेरिकी च्याम्पियनको हैसियतमा चिलीले कन्फेडेरेसन कप खेल्नेछ। यस्तै विश्व विजेताको हैसियतमा जर्मनी र युरोपियन च्याम्पियन पोर्चुगलले युरोपबाट रसियासँगै प्रतिस्पर्धा गर्नेछ।

एसियाबाट अष्ट्रेलिया, अफ्रिकाबाट क्यामरुन र ओसियानाबाट न्यूजिल्याण्डले रसियामा कन्फेडेरेसन कप खेल्दैछन्।

सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा आयोजक रसिया, पोर्चुगल, न्यूजिल्याण्ड र सन् १९९९ को च्यानम्पियन मेक्सिको छन्। समूह बी मा जर्मनी, अष्ट्रेलिया, क्यामरुन र चिली छन्।

प्रतियोगिताअन्तर्गत भोली शनिबार समूह ए मा रहेको रसिया र न्यूजिल्याण्डबीच सेन्ट पिटर्सवर्ग स्टेडियममा उद्घाटन खेल हुनेछ।

फाइनल खेल जुलाई २ मा सेन्ट पिटर्सवर्ग स्टेडियममै हुनेछ।

 

कन्फेडेरेसन कप

उद्घाटन खेल : रसिया भर्सेस न्यूजिल्याण्ड

मिति : १७ जुन २०१७

स्थान : सेन्ट पिटर्सवर्ग स्टेडियम

समय : बेलुका ८:४५ (नेपाली समय)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell