काठमाडौं : प्रदेश नम्बर २ मा गतवर्ष जस्तै यो वर्ष बन्द र हड्ताल भइरहे। त्यसैकारण विद्यार्थीले पुरै वर्ष लगातार पढ्न पाएनन्।
मुलुकको दुई नम्बर प्रदेशमा भएको बन्दको असर केन्द्रीय स्तरबाट हुने परीक्षा एसइइमा देखियो त?
दुई नम्बर प्रदेशबाट ६२ हजार ४ सय ७८ विद्यार्थी एसइइमा सहभागी भएका थिए। परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ७ हजार ६ सय ७ विद्यार्थीले उत्कृष्ट ३.६५ देखि ४.०० जीपीए प्राप्त गरेका छन्। जो सातवटा प्रदेशमध्ये ५ औं स्थानमा हो।
यस प्रदेशबाट ३.२५ देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थी ५ हजार ६५ रहे। २.८५ देखि ३.२० सम्म जीपीए ल्याउने ६ हजार ५४ जना रहे। जीपीए २.४५ देखि २.८० ल्याउने ७ हजार १ सय ९५ विद्यार्थी छन्।
यस्तै जीपीए २.५ देखि २.४० सम्म ११ हजार ३सय ५२ विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रदेश नम्बर २ बाट परीक्षामा सामेलमध्ये १५ हजार ८४ ले जीपीए १.६५ देखि २.०० सम्मको स्थान हासिल गरेका छन्।
जीपीए १.२५ देखि १.६० सम्म जीपीए १३ हजार ५५ जना विद्यार्थीले प्राप्त गरेका छन्। त्यस्तै जीपीए ०.८० देखि १.२० सम्म ल्याउने ३हजार ८० जना छन् र १ जना विद्यार्थीले जीपीए ०.८० भन्दा कम ल्याएका छन्।
प्रदेश नम्बर ६ र ७ भन्दा माथि रहेको छ यो प्रदेश।