PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

आयल निगमको मासिक नाफा ३४ करोड, बोनस वितरण गर्न कर्मचारीको माग



रासस

आयल निगमको मासिक नाफा ३४ करोड, बोनस वितरण गर्न कर्मचारीको माग

काठमाडौंः नेपाल आयाल निगमले मासिक ३४ करोड नाफा कमाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा निगम नाफामा गइरहेको जानकारी दिइएको हो।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक ४० अर्ब राजस्व तिर्न सफल भएको बताए। 

युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपानेलगायतले  कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनस वितरण गर्न माग गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell