PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

नेपाली यू-२३ टोलीको प्रशिक्षण सुरु



पहिलोपोस्ट

नेपाली यू-२३ टोलीको प्रशिक्षण सुरु
फोटोहरु : एन्फा

काठमाडौं : युएईमा बगामी जुलाईमा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोटको लागि नेपाली यू-२३ टोलीले आजबाट प्रशिक्षण सुरु गरेको छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा सुरु भएको प्रशिक्षणमा ४० खेलाडी बोलाइएकोमा १३ खेलाडी मात्र उपस्थित थिए। यस्तै त्यसमध्ये ११ खेलाडी राष्ट्रिय टोलीका लागि क्याम्पमा बोलाइएका खेलाडी रहेको एन्फाले जनाएको छ।

नेपाली यू-२३ टोलीलाई राष्ट्रिय टोलीका प्रशिक्षक राजु काजी शाक्यले प्रशिक्षण दिएका छन्। एन्फाले प्रशिक्षकका लागि तोकेको मेघराज केसी हाल जापानमा रहेका कारण केसीको अनुपस्थितीमा शाक्यले टोलीको प्रशिक्षण हेरेका हुन्। केसीको सहायक प्रशिक्षक रहेका प्रकाश अर्यालले शाक्यलाई प्रशिक्षणमा सघाउनेछन्।

आगामी मंगलबारबाट भने मेघराज केसीले नै प्रशिक्षण गराउने एन्फाले जनाएको छ। यस्तै नेपाली यू-२३ टोलीको व्यवस्यापकिय जिम्मेवारी एन्फाकै सहायक महासचिव सन्विज मिश्रले लिएका छन्।

एएफसी यू-२३ च्याम्पियनसिप छनोटको समूह डी मा नेपालसँगै आयोजक युएई, उज्वेकिस्तान र लेवनान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell