PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

निर्वाचन सार्ने सरकारको निर्णयविरुद्ध एमालेले भण्डाफोर गर्ने



रासस

निर्वाचन सार्ने सरकारको निर्णयविरुद्ध एमालेले भण्डाफोर गर्ने

काठमाडौंः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताएका छन्।

प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले निर्वाचन सार्ने निर्णय गरेकाले यसको जनस्तरमा भण्डाफोर गरिने बताए। 

पोखरेलले किस्ताबन्दीमा निर्वाचन गरेर अन्य तहका निर्वाचन समयमा नगरी संसद्को आयु लम्ब्याउने वा त्यस्ता संस्था भङ्ग गर्ने मनसायले यस्ता प्रयास भएका त होइनन् भन्ने शङ्का पैदा भएको बताए। 

उनले भने,“निर्वाचनको तयारीमा जानुपर्ने समयमा अप्रासङ्गिक सिलसिलाबाट संविधान संशोधनको कुरा ल्याइयो । निर्वाचन आयोगले मिति सार्न मिल्दैन र सुरक्षाको प्रबन्ध छ भन्दाभन्दै सरकारले गरेको यो निर्णयले अन्ततः राजपामा पनि सन्तुष्ट देखिँदैन । हाम्रो पार्टीसँग त परामर्श नै गरिएन ।”रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell