PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

पर्साको पटेर्वासुगौलीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु



रासस

पर्साको पटेर्वासुगौलीमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकामा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 

गाउँपालिका–४ सोनवर्षाको कञ्चनपुर गाउँमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको हो । 

बाख्रा चराउन घरबाट निस्किएका कञ्चनपुरका नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाउँभन्दा एक किलोमिटर बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको पानी जमेको थियो ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell