PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दुई नम्बर प्रदेशमा चुनावको म्याद सर्‍यो, म्यादी प्रहरीको नि? अन्यौलमा गृह



सविन ढकाल

दुई नम्बर प्रदेशमा चुनावको म्याद सर्‍यो, म्यादी प्रहरीको नि? अन्यौलमा गृह
फाइल फोटो

काठमाडौं : प्रदेश नम्बर २ मा दोस्रो चरणको निर्वाचन मिति सर्दै गएपछि म्यादी प्रहरीको समय अवधिबारे अन्योलता बढ्दै गएको छ। प्रदेश नम्बर २ को निर्वाचन अशोज २ मा सार्ने निर्णय सरकारले गरेपछि म्यादी प्रहरीलाई के गर्ने भन्ने यकिन गरेको छैन।
 
जेठ ३१ गतेका लागि दोस्रो पटक निर्वाचन मिति तय भएपछि जेठको पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले ५५ दिनका लागि भर्ना गरिएका ७५ हजार म्यादीको अवधि दोस्रो चरणको निर्वाचन मतपरिणाम नआएसम्म  कायम रहनेगरी २० दिन बढाएको थियो।

२० दिन थप गरेका म्यादी प्रहरीको असार ५ गते म्याद सकिँदै छ। कतिपय जिल्लामा त म्यादी प्रहरी विदावारी पनि भइसके।
 
गृह मन्त्रालयलका सहसचिव दीपक काफ्ले म्यादी प्रहरीको व्यवस्थापनको विषयमा छलफल भइरहेको बताए। तर, टुङ्गोमा भने पुगिसकेको छैन गृह मन्त्रालय।  

'म्यादीको समय थप्ने या के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,' काफ्लेले भने।
 
५५ दिनका लागि ७५ हजार म्यादी प्रहरीको लागि राज्यको करिब सवा अर्ब रूपैयाँ खर्च भएकोमा २० दिन कार्यरत अवधि बढाउँदा म्यादीका लागि २ अर्ब भन्दा बढी खर्च बढिसकेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाइपाइ आएको तलब तथा भत्ता बराबरको रकम पाए।

नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell