PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निरिह भए महन्थ बलिया राजेन्द्र : चुनाव होइन राजपाको यात्रा आन्दोलनतिरै 



रमेश वाग्ले

निरिह भए महन्थ बलिया राजेन्द्र : चुनाव होइन राजपाको यात्रा आन्दोलनतिरै 

काठमाडौं : आफ्नै प्रयासबाट दुई नम्बर प्रदेशको चुनाव सार्न सफल भएको राष्ट्रिय जनता पार्टीले फेरि पनि निर्वाचन विरुद्ध संघर्षमा उत्रिने निर्णय गरेको छ। सरकारले दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेर चुनाव सारेको एक दिनपछि आन्दोलनका लागि मधेश झरेका अध्यक्ष मण्डलका तीन नेता काठमाडौं फर्किएका थिए। फर्केका नेतिसहित बसेको राजपा बैठकले विगतमै घोषणा गरेका आम हड्ताल सहितका संघर्षका कार्यकमलाई निरन्तरता दिने निर्णय गरेको हो।

राजपाले केही जातीय पार्टीहरु समेत थपेर संघीय गठबन्ध नका नाममा जारी गरेको विज्ञप्तिमा विगतका आन्दोलनलाई केही परिमार्जन गर्दै भोलि लाठी जुलुस र चार गते मधेश थरुहट क्षेत्रमा आम हड्तालको घोषणा गरेको छ। 

उसकै सहभागिताका लागि सरकारको आग्रहमा निर्वाचन आयोगले उम्मेद्वारको मनोनयनसमेत सारेको थियो। मनोनयन प्रभावित पार्न राजपाले ४ गते आम हड्ताको घोषणा गरेको हो। 

सरकारले दुई र पाँच नम्बर दुवै प्रदेशमा निर्वाचन सार्ने भने पनि दुई नम्बरको मात्र सारेर धोका दिएको राजपाको आरोप छ। मन्त्रिपरिषद्बाट मधेश आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च तथा राजनीतिक आधारमा लगाइएका झुटा मुद्दा फिर्ता गर्ने निर्णय नगर्दा राजनीतिक वातावरण निर्माण नभएको उसको दावी छ। संविधान संशोधनको पुरानो एजेन्डा अघि बढाउन नखोजेको आरोपसमेत उसले लगाएको छ। सरकारको निर्णयको विरोधमा दुई नम्बर प्रदेशबाहेक अरु प्रदेशमा राजपालाई चुनावमा भाग लिनबाट बञ्चित गराउने षड्यन्त्रसहित एकमात्र प्रदेशको निर्वाचन सारेको समेत आरोप लगाएको छ राजपाले। 

राजपाको यो निर्णयसँगै राजपा भित्रको निर्वाचन पक्षीय नेतृत्व निरिह सावित भएको छ। सरकारसँग 'सके पाँच नम्बर प्रदेशसहित निर्वाचन सार्न' आग्रह गर्दै नसके 'दुई नम्बर प्रदेशकै मात्र' चुनाव सारे पनि पार्टीलाई निर्वाचनमा सहभागी गराउने बचन दिएका थिए। सरकारलाई चुनाव सार्न सहमत गराएका महन्थ ठाकुर नेतृत्वको निर्वाचन पक्षीय नेतृत्वले पार्टीलाई भने यो दिशामा हिँडाउन असफल भएको छ। 

सरकारसँगको वार्ताबाट केही नहुने निश्कर्ष निकालेर संसद समेत छोडेर चुनाव बहिस्कार गर्दै आन्दोलनमा जाने निर्णय पार्टीभित्र सुनाएर मधेश आन्दोलनमा होमिएका राजेन्द्र महतो नेतृत्वको समूह पार्टीमा हावी हुँदा चुनावका पक्षमा उभिनेहरु निरिह देखिएका हुन्। 

महन्थ ठाकुर, महेन्द्र यादव र सरदसिंह भण्डारीले सरकारसँग वार्ता गरेर दुई नम्बर प्रदेशको चुनाव सारे पनि उनीहरुकै पार्टीले भने सरकारको चुनाव सार्ने निर्णयलाई 'धोका' भनेको छ। त्यसैले अब राजपासँग सहमति कसरी गर्ने भन्ने विषयमा समेत अन्योल पैदा गरिदिएको छ।

दुई नम्बर प्रदेशमा केन्द्रित भएको आन्दोलनलाई राजपाले पाँच नम्बर प्रदेशसम्म पुर्याएको छ। र, त्यताको पनि चुनाव हुन नदिने घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell