PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

गृह मन्त्री जनार्दन शर्माको कडा निर्देशन : के ट्राफिक लाइट बाल्न एडिबीकै मुख ताक्ने?



पहिलोपोस्ट

गृह मन्त्री जनार्दन शर्माको कडा निर्देशन : के ट्राफिक लाइट बाल्न एडिबीकै मुख ताक्ने?

काठमाडौं : गृह मन्त्री जनार्दन शर्माले सरकारी निकायका प्रमुखहरुलाई तीन दिनभित्र ट्राफिक व्यवस्थापनको योजना पेश गर्न कडा निर्देशन दिएका छन्। शुक्रवार ट्राफिक ब्यवस्थापनसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरुलाई बोलाएर गृह मन्त्री शर्माले निर्देशन दिएका हुन्। 

‘छोटो बिधिबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ती जडान गरौं, त्यसका लागि कति खर्च लाग्छ? उनले प्रश्न गरे। 

ट्राफिक संकेत बत्ती तथा सडक बत्ती बाल्न एडिबीको मात्र मुख ताक्न नहुने उनले बताए। उनले भने, ‘एडिबीले सात वर्ष लगाउँछ, हामी आफैले सडकमा बत्ती बाल्न नसक्ने हो भने के सरकार चलाउने?’ 

त्यस्तै मन्त्री शर्माले ठेकेदारलाई मात्र फाइदा हुने किसिमको आकासे पुल नबनाउन अनुरोध गरे। उनले छोटो विधिबाट काम सुरु गर्ने बताए।  
'आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के दुई–चारओटा पुल बनाउने पैसा पनि छैन सडक विभागसँग छैन?’ मन्त्रि शर्माले प्रश्न गर्दै भने, ‘पैसोको ब्यवस्थापन म गरिदिन्छु।’  

कार्यक्रममा सडक विभाग, यातायात ब्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिका प्रमुखहरुको उपस्थिति थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell