PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो



उमेश पौडेल

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो। समायोजित भएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता सीताराम पोखरेलले बताए।

अब पट्रोल प्रतिलिटर एकसय रुपैयाँमा पाइनेछ। यसअघि १ सय एक रुपैयाँ ५० पैसा प्रतिलिटर पर्दथ्यो। यस्तै डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ ५० रुपैयाँ सस्तो भएको छ। अब डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ। यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँ प्रतिलिटर पर्दथ्यो।

निगमले खाना पकाउने एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन। ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । 

प्रववक्ता पोखरेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतीय आयल कर्पोरेसनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell