PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

राजपाको आन्दोलनमा श्रम मन्त्रीको प्रश्न : राजपाकै नेताहरु बसेर सहमति भएको होइन?



पहिलोपोस्ट

राजपाको आन्दोलनमा श्रम मन्त्रीको प्रश्न : राजपाकै नेताहरु बसेर सहमति भएको होइन?

काठमाडौं : श्रम मन्त्री फर्मुल्लाह मन्सुरले राजपाका नेताहरु नै बसेर दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको बताएका छन्। 

दुई नम्बर प्रदेशको चुनाव सारेर बाँकी प्रदेशमा चुनाव गराउने सरकारको निर्णयविरुद्ध राजपाले आन्दोलन घोषणा गरेको खबरले आफू आश्चर्यमा परेका मन्त्री मन्सुरले बताए। 

'राजपाका नेताहरुसँगै बसेर सहमति भएको हैन?' पहिलोपोस्टसँगको कुराकानीमा उनले प्रतिप्रश्न गर्दै भने, 'उहाँहरुले किन यस्तो निर्णय गर्नुभयो, धरातल बुझेर हामी आवस्यक निर्णय लिन्छौं।' 

राजपाले पाँच नम्बर प्रदेशमा निर्वाचन सार्न माग गरे पनि सम्भावना नरहेको बताएपछि दुई नम्बरमा मात्रै सार्ने सहमति जनाएको बताए। उनले राजपाको निर्णय परिपक्व नभएको भन्दै आवेशमा त्यस्तो निर्णय लिएको भए सच्याउन आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell