
नयाँदिल्लीः भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबादविरुद्धको विशेष अदालतले शुक्रबार ठहर गरेको छ।
भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कबादीहरुले श्रीङखलाबद्ध विस्फोट गराएका थिए।
दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको विश्व कुख्यात ‘डन’ अबु सालेम पनि रहेका छन्। उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए । उनलाई सन् २००५ मा पोर्चुगलबाट फिर्ता ल्याइएको थियो भने अर्को दोषी ठानिएका मुस्ताफा दोसालाई युनाईटेड अरव इमरेट्सबाट ल्याइएको थियो।
सालेम २० बर्ष पुरानो हत्याकाण्डमा दोषी ठहर भई भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका र अहिले आजिवन जेल सँजाय भोगिरहेका दाउद इब्राहिमका सहयात्री हुन् । इब्राहिम भने मुम्बई बिस्फोटनसँग सम्बन्धित थिएनन्।
विशेष अदालतले यस सम्बन्धि बाँकी घोषणा भने आगामी सोमबार गर्नेछ। इब्राहिम बाहेक घटनामा संलग्न अन्य दोषीहरु अहिलेसम्म पनि फरार रहेका छन्।
सन् १९९३ को मार्च १२ तारिखका दिन मुम्बईका विभिन्न ठाँउमा २५७ जनाको मृत्यु हुनेगरी छोटो समयमा विभिन्न स्थानमा श्रीङ्खलावद्ध रूपमा १३ वटा विस्फोट भएका थिए। ती विस्फोटनहरुमा परी कम्तीमा ७०० जना घाइते भएका थिए। रासस/सिन्ह्वा