PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

मापदण्ड विपरित सञ्चालित फ्रेस हाउस सिलबन्दी 



रासस

काठमाडौंः मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमाको हाम्रो फ्रेस हाउस मासु पसलमा शुक्रबार सिलबन्दी गरिएको छ। 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण नगरेको र खानका लागि अयोग्य मासु पनि बिक्रीका लागि राखेको पाएपछि अनुगमन टोलीले सिलबन्दी गरेको हो।

पसललाई सात दिनभित्र दिएको निर्देशन पालना गरी विभागमा आउन निर्देशन दिइएको छ। 

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनमा अन्य नौवटा मासु पसलको अनुगमनका क्रममा सरसफाइमा ध्यान दिन आवश्यक रहेकाले तीन दिनभित्र सफा गर्न निर्देशन दिएको छ । 

त्यसैगरी, यातायाततर्फ गौशालामा सार्वजनिक यातायातको साधनले यात्रुलाई बढी भाडा लिएकाले बढी भाडा तत्काल यात्रुलाई फिर्ता गर्न लगाइएको छ।

चावहिलमा रहेको डाइनास्टिक मेडिकल सेन्टर, विवेकानन्द डेन्टल प्रालि र सुकेधारामा रहेको एरोना पोलिक्लिनिक एन्ड मेडिकल र आर्यन फार्मेसीलाई म्याद नाघेको औषधि बिक्री वितरण नगर्न र सफा गरी सञ्चालन गर्न निर्देशन दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell