PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

काठमाडौं महानगरका ७८ प्रतिशत घरधनीले बुझाउँदैनन् घरबहाल कर



रासस

काठमाडौं महानगरका ७८ प्रतिशत घरधनीले बुझाउँदैनन् घरबहाल कर

काठमाडौंः काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन्। 

कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा ७८ प्रतिशतले घर बहाल कर तिर्ने गरेका छैनन्। 

हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरधनीबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ। 

पछिल्लो समय महानगरमा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेले बताए। 

घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ। अहिले वार्षिक १२ करोड रुपैयाँसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ। 

नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन।

पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहुँदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार कामपालाई छैन। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell