PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

फिलिपिनी जहाजसँग ठोक्किएपछि अमेरिकी युद्धपोतका सात सदस्य बेपत्ता



पहिलोपोस्ट

फिलिपिनी जहाजसँग ठोक्किएपछि अमेरिकी युद्धपोतका सात सदस्य बेपत्ता

बीबीसीः  जापानको पूर्वी तट पारी एक अमेरिकी युद्धपोत फिलिपिनी मालवाहक जहाजसँग ठक्कर खाँदा अमेरिकी युद्धपोतमा सवार सात सदस्य बेपत्ता भएका छन्।

अमेरिकी जलसेनाले बीबीसीलाई बताएअनुसार जहाजहरु ठोक्किएपछि अमेरिकी जहाजका कमाण्ड सम्हालिरहेका एक अधिकृत र अन्य दुईजना घाइते भएका छन्।

उनीहरुलाई एक जापानी हेलिकोप्टरले उद्धार गरेको छ। ठक्कर खाएपछि‘यूएसएस फिज्जेराल्ड’ नाम गरेको आक्रमणमा प्रयोग गरिने युद्धपोतमा ठूलो क्षति पुगेको र जहाजभित्र पानी छिरेको बताइएको छ।

जहाज अहिले कसैको सहायता बिना नजिकै पर्ने योकोसुका बन्दरगाहतर्फ लागिरहेको बताइएको छ।अमेरिकी युद्धपोत र फिलिपिनी झण्डा भएको जहाज रातिको अँध्यारोमा आपसमा ठोक्किन पुगेका थिए।

ठोक्किनुको कारण कारण थाहा भइसकेको छैन।ती आपसमा ठक्कर खाएको समुद्री क्षेत्र टोकियोको खाडीमा आउजाउ गर्ने जहाजको ओहोरदोहोरका कारण अति व्यस्त रहने गर्छ।

अत्याधुनिक राडार प्रणाली जडान गरिएको ‘यूएसएस फिज्जेराल्ड’लाई विश्वकै अत्याधुनिक युद्धपोत मानिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell