PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

गुम्बा/विहार पुनर्निर्माणको बाटो खुल्यो, प्राधिकरणद्वारा पुनर्निर्माण कार्यविधि स्वीकृत



रासस

गुम्बा/विहार पुनर्निर्माणको बाटो खुल्यो, प्राधिकरणद्वारा पुनर्निर्माण कार्यविधि स्वीकृत

काठमाडौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा/विहारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। 

प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा/विहारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै भूकम्पले क्षतिग्रस्त भएका करिब एक हजार १०० गुम्बा तथा विहार पुनर्निर्माण गर्ने बाटो सहज भएको छ। 

कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ।

भूकम्पले करिब एक हजार ३०० गुम्बा तथा विहार क्षतिग्रस्त भएपनि एक हजार १०० गुम्बा/विहार सय वर्ष नपुगेका छन्। सय वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्व विभागले पुनर्निर्माण गर्ने प्रावधान छ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले यो कार्यविधि लागू भएसँगै भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण हुन नसकेका गुम्बा तथा विहारको पुनर्निर्माणले तीव्रता पाउने बताए।

कार्यविधिअनुसार पुनर्निर्माण गर्दा जोखिमयुक्त गुम्बा÷विहारलाई पहिलो प्राथमिकता र अन्य गुम्बालाई क्रमशः क्षतिको स्तर वर्गीकरण गरी पुनर्निर्माण गर्नुपर्नेछ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी काम सार्वजनिक खरिद कार्यविधि, २०७२ बमोजिम हुने प्राधिकरणले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell