PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढ्योः राष्ट्रपति



रासस

महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढ्योः राष्ट्रपति

जेनेभाः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताएकी छन्। 

संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताइन्। 

उनले शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताइन्। 

राष्ट्रपति भण्डारीले २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल १३६ मा मात्र महिला विजयी भएको देखिएकामा अहिले २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएका र थप चार हजार महिला मनोनीत हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गरिन्।


उनले यसरी नै अनुभवले खारिएर महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको बताइन्। 

संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै राष्ट्रपतिले सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यावहारिक बनाउने बताइन् । 

उनले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएकाले उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिकस्तरमासमेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको सीप स्वदेशमा उपयोग गर्न सकिने बताइन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell