PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भारत प्रशासित काश्मिरमा तनाव, गोली हानाहानमा तीनको मृत्यु



रासस

भारत प्रशासित काश्मिरमा तनाव, गोली हानाहानमा तीनको मृत्यु
फोटो श्रोतः indiatvnews.com

श्रीनगरः भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको छ। यस क्रममा केही दिनयतादेखि हतियारधारी समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन्। 

काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा तीनजना हतियारधारी मारिएका छन्। 

मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डर पनि रहेका भारतीय प्रहरीले जनाएको छ। 

श्रीनगरबाट ४६ किलोमिटर दक्षिणमा पर्ने सो गाउँमा प्रहरी गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो। त्यसमा परी ती हतियारधारी मारिएका हुन्। 

काश्मिरमा गत बुधबारमात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell