PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रेणु दाहाललाई गाली–बेइज्जती गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी



रासस

रेणु दाहाललाई गाली–बेइज्जती गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी

चितवनः चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। 

रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन्। चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए।

दाहालले जसले जे गरेपनि हुन्छ भन्ने गलत नजिर बस्ने देखिएकाले श्रीमानले जाहेरी दिएको बताइन्।

ज्ञवाली र बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell