PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

असार १४ निर्वाचनको तयारी पूरा, आयोग भन्छ–शंका नगरौं



पहिलोपोस्ट

असार १४ निर्वाचनको तयारी पूरा, आयोग भन्छ–शंका नगरौं

काठमाडौंः निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगले आज पत्रकार सम्मेलन गरी असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सवै तयारी पूरा भएको र अबपनि निर्वाचन हुन्न कि भन्ने शंका नगर्न आग्रह गरे ।

उनले भने,‘सुरक्षालगायतका सवै तयारी पूरा भएका छन् अब पनि निर्वाचन हुँदैन कि भन्ने आशंका नगरौं।’

निर्वाचनमा आवश्यक पर्ने सवै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिवद्धता व्यक्त गरेको प्रमुख आयुक्त यादवले जानकारी दिए। 

असार १४  गते एक महानगरपालिका, सात उपमहानगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुँदैछन्।

त्यस्तै, निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि ४७ वटा संस्थाका करिव ७ हजार ८९ जना पर्यवेक्षकलाई आयोगले अनुमति दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell