PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौंको गोकर्णेश्वरस्थित गाईफार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते



रासस

काठमाडौंको गोकर्णेश्वरस्थित गाईफार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौंः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। 

आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको आगलागीमा परी ७० गाई घाइते भएका छन्। 

नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा दिउसो १ बजे आगो नियन्त्रणमा लिएका थिए। 

प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ। फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए। घाइते गाईको उपचार भइरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell