PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

नेपाल र आइभरी कोष्टबीच कूटनीतिक सम्बन्ध स्थापना



रासस

नेपाल र आइभरी कोष्टबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौंः नेपाल र उत्तर अफ्रिकीमूलुक कोटे डि आइभोरी (आइभरी कोष्ट) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। 

कोटे डि आइभोरीसँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको बाह्य देशसँगको औपचारिक अन्तर्राष्ट्रिय सम्पर्क एकसय ४६ राष्ट्रमा विस्तार भएको छ। 

संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र कोटे डि आइभोरीका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र क्लाउडे बोहा कामोनले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त सहमतिपत्रमा शनिबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर समारोहपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूतद्वयले दुबै मुलुकबीच गाढा सम्बन्ध प्रवद्र्धन गर्दै भविष्यमा द्विपक्षीय एवम् बहुपक्षीय तहमा सहयोग अभिवृद्धिमा योगदानको प्रतिबद्धता गरेका न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ। 

नियोगका अनुसार राजदूतद्वयले आजै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell