PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पक्राउ

गुल्मीः भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

गुल्मी धुरकोट गाउँपालिका–६ का पुष्कर केसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको प्रहरी टोलीले  सदरमुकाम तम्घास बजारबाट शुक्रबार पक्राउ गरेको हो। २०६८ चैत २६ गते फैसला भई फरार रहेका उनलाई पक्राउ गरी गुल्मी जिल्ला अदालत दाखिला गरेकोमा फैसला कार्यान्वयनको लागि कारागार पठाइएको छ।

यसैगरी, एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि फरार रहेका गुल्मी, मुसीकोट नगरपालिका–३ का ५१ वर्षीय यमबहादुर सूर्यबंशीलाई खोजतलासको क्रममा शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell