PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रामचन्द्र पौडेल भन्छन्–अब गाउँगाउँमा विकासको लहर



रासस

रामचन्द्र पौडेल भन्छन्–अब गाउँगाउँमा विकासको लहर

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकासको लहर आउने बताएका छन्।

आवुखैरेनी गाउँपालिकाद्वारा शनिबार आयोजित पहिलो चरणको स्थानीय तहबाट निर्वाचित पदाधिकारीलाई स्वागत एवम् सम्मान कार्यक्रममा पौडेलले गाउँ नगरलाई अधिकार सम्पन्न गराउन स्थानीय तहको निर्वाचन गरिएको बताए।

निर्वाचनपछि सिंहदवारको अधिकार गाउँमा आएको उनको भनाइ थियो। पौडेलले जनप्रतिनिधिलाई विकासका काममा सवैसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell