
विराटनगरः नेपाली कांग्रेसले मोरङको उर्लाबारी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित नौवटै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ।
कांग्रेसले उर्लाबारी नगरपालिकाको नगरप्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ। वडा अध्यक्षमा क्रमशः उर्लाबारी–१ मा गोविन्द्रप्रसाद भट्टराई, २ मा राजन कँडेल, ३ मा गञ्जबहादुर कार्की, ४ मा सर्वजित भण्डारी र ५ मा भानुभक्त शर्मा पराजुलीलाई उम्मेदवार बनाएको छ।
यस्तै, वडा नं–६ मा चिन्तामणि पौडेल, ७ मा वीरबल थापा, ८ मा सुरेश अधिकारी र ९ मा समिर तुम्बाहाम्फेलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। रासस